राजनीति

नेपाल कम्युनिष्ट पार्टी जुट्न नपाउदै फुटको संघारमा, शुसीला र डा. केसी मुख्य कारण !

काठमाण्डौ । नेकपामा भाँडभैलो भएको छ । स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेससँग तालमेल गरेर निर्बाचन लडेको नेकपामा पछिल्लो समयमा ब्यापक बिबाद भएको समाचार छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सत्याग्रही प्रा.डा. गोबिन्द केसीको बिषयमा बिबाद भएपछि नेपाल कम्युनिष्ट पार्टी भित्र बैचारिक बिबाद देखिएपछि नेकपा भित्र माथील्लो स्तरका नेताहरुबीच बोलचाल नै बन्द भएको भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्री केपी ओलीको निवास वालुवाटारमा भएको पटक पटकको अध्यक्षद्वयसंगको भटमा गोबिन्द केसी, शुसीला कार्की लगायतका अनशनसंग सम्बन्धीत ब्यक्तीहरुसंगको भेटले प्रवक्ता श्रेष्ठसंग सम्बन्ध चिसिएपछि प्रधानमन्त्रीले स्पस्टीकरण समेत सोधेएपछि प्रवक्रा श्रेष्ठ अध्यक्षद्वयसंग आक्रोसित भएका थिए ।

आक्रोसित भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नारायणकाजी श्रेष्ठलाई घुमाउरो पारामा झपारेपछि नेता श्रोष्ठले समेत बैचारिक तर्क गरेर प्रधानमनत्ती ओली भन्दा माथी रहने प्रयास गरेका थिए । प्रधानमनत्ती ओलीको साथमा नै रहेका अध्यक्ष दहाल लगायतका माथील्लो स्तरका बहुसंख्यक नेताहरु प्रधानमन्त्री ओलीतिर लागेपछि नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई राजीनामा बुझाएको समाचार संचारमाद्यममा भाइरल भएपछि यतिबेला पार्टी एकता गरेको भनेर दगं परेका अध्यक्षद्वय तनाबमा रहेको बुझिएको छ ।
स्थानीय तहको निर्बाचनमा काँग्रेससंग एकता गरेपनि प्रदेससभा तथा प्रतिनिधिसभा निर्बाचनबाट तत्कालीन नेकपा एमाले र माओबादी केन्दबीच तालमेलमात्र नभएर एकीकरण हुने सहमती अगाडी बढेको थियो ।

तत्कालीन माओबादी अध्यक्ष पुष्पकमल दहाललाई काँग्रेसले प्रधानमनत्रीको अफर गर्दा समेत एमालेसंग एकीकरणको सम्झौतालार्इै सार्थक रुप दिन ओलीलाई प्रधानमन्त्री बनाउर्दै आफूर ओली दुबै अध्यक्ष रहन तयार भएर दुबै पार्टी एकीकरण भएर नाम समेत नेकपा रहेको हो ।

नेकपामा एकीकरणमा एमाले र माओबादी केन्द्रका कतिपय नेताहरुको असन्तुष्टी हुंदाहुंदैपनि माथीललो स्तरका धेरैजसो नेताले सहमती जनाएपछि पार्टी एकीकरणले सार्थक रुप लिईरहेको थियो ।

डा. बाबुराम भट्टराईसमेत एकीकरण गराउने लक्ष राखेका अध्यक्षद्वय ओली दहालको एकीकरणमा बरिष्ठ नेतान झलनाथ खनाल, भीम रावल, ईश्वर पोख्रेल पहिले नै असन्तुष्टी पोखेपनि नारायणकाजी श्रेष्ठको असन्तुष्टीले माओबादी फुटको संघारमा जान सक्ने अनुमान लगाउन सकिन्छ । कम्युनिष्ट पार्टीको बिबाद नआउने र आएपछि बाह्य रुपमा ठूलै बज्रपात हुने कम्युनिष्ट पार्टीको ईतिहासलाई हेर्दा गोबिन्द केसी र शुसीला कार्की लगायतको नारायणकाजी संगको भेटले नबगठीत कम्युनिष्ट पार्टीलाई ठूलै असर पर्ने देखिन्छ ।