मनोरञ्जन

प्रकाश सपुतको नयाँ गीत मरक्–मरक् मर्काउँदै कम्मर बजारमा (भिडियो)

काठमाडौं । मरक्–मरक् मर्काउँदै कम्मर
छिन्–छिन् चुरा बजाउँदै हत्केला
उफ्रि–उफ्रि ननाच सानी
माईती आगन यहि तीजमा भत्केला

काठमाडौं । नवगायक संकल्प चापागाईको तीग गीत ‘मरक्–मरक् मर्काउँदै कम्मर’ बजारमा आएको छ । सन्तोष बरालको शब्द तथा प्रदिप त्रिपाठीको लयमा सम्झना भण्डारी र संकल्प चापागाईको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय चर्चामा रहका मोडल तथा गायक प्रकाश सपुतको अभिनय रहेको छ । उक्त भिडियोमा तीजको बेला माईती जाने चेलीको ब्यथा उल्लेख गरिएको गायक संकल्प चापागाईले बताए ।

पोखराको बागमारामा छायंकन गरिएको गीतको भिडियोलाई सन्दीप खनालले कैद गरेका हुन् भने सुबास अम्गाईले सम्पादन तथा राम लामाले निर्देशन गरेका हुन् । भिडियोमा प्रकाश सपुतको साथै संकल्प चापागाई, सरीता ढकाल, निशा खड्का, बलराम पौडेल, शंकर चापागाई र सगुन थापाको अभिनय रहेको छ ।