खेलकुद

नेपालले २० बर्षपछि ‘वान डे’ अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दै, नेदरल्यान्डलाई पाखा लगाएर ऐतिहासिक विजयको दाउमा नेपाल

काठमाडौं । २ दशक पछि नेपालले वान डे अन्तर्रा्ष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । बुधबार नेपालले नेदरल्याण्डविरुद्ध खेल्न लागेको हो । आजको खेल नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेललाई ऐतिहासिक खेलको रुपमा हेरिएको छ ।

यही इतिहासलाई आफ्नो दाउमा पार्ने पक्षमा नेपाली टोली देखिएको छ । नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिएको छ भने पछिल्ला दिनमा ब्याटिङ पनि सुध्रिँदै गएको देखिन्छ । यो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सके ऐतिहासिक जित मानिने कुरामा दुइमत छैन् ।

हाल एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलिरहेका १६ राष्ट्र मा नेपाल पनि दर्ज हुनु खुसीको कुरा हो । त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन् । नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेल मात्र खेल्नेछन् ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन्।