पु.समाचार

अन्ततः नेपालमा भारतीय झण्डा राखेर खोलिएको अफिस ओलीले बन्द गरेरै छाडे, आजैदेखि सम्पूर्ण सेवा बन्द

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अन्ततः भारतीय फिल्ड अफिस बन्द गर्न सफल भएको छ । विराटनगरस्थित भारतीय झण्डासहितको भारतीय फिल्ड अफिसमा बुधबार देखि सबै सेवा सुविधा बन्द गरिएको हो ।

यो कार्यालयमा काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको बताईएको छ । आजदेखि विराटनगरस्थित फिल्ड अफिसबाट कुनै पनि सेवा नदिईने भारतीय दुतावासले जनाएको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा अफिसबारे भारतीय पक्षसँग छलफल गरेका थिए । सो छलफल अनुसार नै कार्यालयको स्थानान्तरण गरिएको बताईएको छ । २०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै उक्त आफिस स्थापना गरिएको थियो ।

कार्यालय बन्द गरिनुको मुख्य कारण भारतले फिल्ड अफिसबाट सेवा दिने नाममा गुप्तचर खटाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप खोजेको नेपाली पक्षको भनाई छ ।