समाचार

हदैसम्मको कारबाहीको मागसहित जुवाडेहरु विरुद्ध मुद्दा दर्ता

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी मंगलबार प्रहरीले मुद्दा दर्ता गरेको छ ।

उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरुबाट रु ३३ हजार ३५५ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका–१३ स्थित सन्तोष मगरको घरमा जुवा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा लगिएको छ ।

जुवाडेलाई जिल्ला अदालतबाट म्याद थप गरेर पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीहरुबाट प्राप्त रकम जफत र हदैसम्मको कारवाही माग गरेर प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।