राजनीति

लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्न काँग्रेस सडकमाः नेता लेखक

कैलाली । नेपाली काँग्रेसका नेता रमेश लेखकले काँग्रेसको नेतृत्वमा प्राप्त भएको शान्ति र संविधान आज चुनौतीले घेरिएको बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कैलालीले आज धनगढीमा आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा उनले भने, “संविधानको सुरक्षा, संरक्षण तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्ने सवालमा काँग्रेस सडकमा आउन बाध्य भएको छ ।”

नेता लेखकले नेपाली काँग्रेस जित्दै गर्दा काँग्रेस मात्र जित्दैन पूरै देश जित्छ, देशका राष्ट्रिय एजेण्डा जित्छन् भन्ने कुरा इतिहासले स्थापित गरिसकेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराइले मानवअधिकारको हनन गर्ने प्रयत्न कसैबाट हुन्छ भने त्यो सर्वसत्तावादी सोच रहेको बुझ्नुपर्छ भने ।