राजनीति

वरिष्ठ नेता पौडेल भन्छन्ः केपी ओलीको काम कांग्रेसले पूरा गरेको कामको ढल्किदैँ उद्घाटन गर्नु हो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युष्टिले जनतालाई ढाटेको आरोप लगाएका छन् । मंगलबार पार्टीले सरकारकाविरुद्ध आयोजना गरेको बृहत सभामा बोल्दैँ नेता पौडेलले कम्युनिष्ट पार्टीले फट्याई गरेर दुई तिहाई मत ल्याएको आरोप लगाएका हुन् ।

उनले केपी ओली नेतृत्वको सरकार अधिनायकवादी शैलीमा अगाडी बढ्नु दुःखद भएको बताए । सत्तापक्षका नेताहरुले सरकार अधिनायकवादी कसरी बन्यो प्रमाण केहो भन्ने प्रश्नको जवाफ समेत दिएका छन् ।

‘ओली सरकार अधिनायकवादतिर नलम्केको भए अहिले न्यायालयमाथि यस्तो हुदैन्थ्यो, स्वतन्त्र जनताको आस्थाको केन्द्रको रुपमा रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन संसदीय समितिले पार्टीका नेताहरुको निर्देशन माग्नु अधिनायकवादको अब्बल उदाहरण हो । नेता पौडेलले भने, यो सरकार आएपछि महंगीले आकाश छोएको छ, कालोबजारी फस्टाएको छ । जहाजमा अर्बौ खर्बौको कमिनसनखोरी भइरहेको छ ।’

ओली सरकार विकासको बाधक बनेको नेता पौडेलको गम्भीर आरोप थियो । उनले ओली नेतृत्वको वर्तमान सरकार मनपरीतन्त्रतर्फ उद्धत भएको बताए । उनले अहिलेको सरकारको काम कांग्रेसले पूरा गरेका योजनाको उद्घाटन गर्ने काम बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

केपी शर्मा ओली नेपाली कांग्रेसले सम्पन्न गरेका योजनाको ढल्किदैँ उद्घाटन गर्नुमा मात्रै व्यस्त छन, तनहु पुगेका नेता पौडेलले भने, अब तनहुमा पनि नेपाली कांग्रेसले बनाएर अन्तिम चरणमा पुर्याएका योजनाको कुन दिन ढल्किदैँ उद्घाटन गर्न आउनुहुन्छ ? । तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारले सुरु गरेको मेलम्ची खानेपानी अब धारामा आउने बेलामा केपी ओली उद्घाटन गर्न तम्तयार भएर बसेका छन् ।’

अधिनायकवादी सरकारलाई घुडा टेकाउनु बृहत प्रदर्शनको मुख्य उद्वेश्य भएको नेता पौडेलले बताए ।