राजनीति

ओली सरकारले ल्यायो खुसीको खबर: नेपालमै पहिलो पटक यसै बर्षदेखि सर्टिफिकेट धितो राखेर यसरी लिनुस् ७ लाख

काठमाडौं । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको पालादेखिको प्रमाणपत्र धितो राखेर ऋण दिने योजना यसपटक कार्यान्वयन आाउने भएको छ । आगामी मंसिरदेखि सरकारले शैक्षिक योग्यता भएका तर रोजगार नभएका व्यक्तीलाई शैक्षिक योग्यताको प्रमाणपात्र धितो राखेर ऋण दिने भएको हो ।

ऋण दिने लगभग निश्चित भइसकेको तर कार्याविधीको मस्यौदा तयार नभएकाले त्यसको काम भईरहेको अर्थमन्त्रालयले जनाएको छ । एक महिनाभित्रै प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यविधि स्वीकृत हुने अर्थमन्त्रालय स्रोतले बतायो । बजेटले यसअघि नै सात लाख रुपियाँ सम्म ५ प्रतिशत व्याजदरमा प्रमाण पत्र धितो राखेर ऋण दिने घोषणा गरिसकेको छ ।

कुन तह पढेकालाई कति दिने, कसरी दिने र कहिलेसम्म दिने लगायत कुराहरु कार्यविधीमै समेटिने बताईएको छ । कार्ययोजनामै भदौँमा कार्यविधि तयार पारेर मंसिरदेखि त्यसलाई कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको छ ।

ऋण कसरी पाउने ?
ऋण पाउन आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता धितो राख्नुपर्ने बताईएको छ । त्यस सँगसँगै ऋणका लागि व्यावसायिक योजनाको रुपरेखा तयार पार्नुपर्नेछ । यसपछि मात्रै बैंक तथा वित्तिय संस्थाहरुले ऋण प्रवाह गर्नेछन् । तर सबै कुरा भने बन्न लागेको कार्यविधीमै स्पष्ट रुपले समेटिने अर्थमन्त्रालयले जनाएको छ ।