साहित्य

‘प्रकाश मानवअधिकार पुरस्कार’ राँकीलाई

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विसं २०७४ को ‘प्रकाश मानवअधिकार पुरस्कार’ दाइजो विरोधी अभियन्ता महम्मद मकसुद राँकीलाई दिने निर्णय गरेको छ ।

इन्सेकको साउन १० गते बसेको कार्यसमितिको बैठकले एक दशकदेखि मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील रौतहट यमुनामाई गाउँपालिका–५ निवासी राँकीलाई २४ आँै प्रकाश मानवअधिकार पुरस्कार दिने निर्णय गरेको हो ।

हालसम्म सो पुरस्कारबाट २३ जना पुरस्कृत भइसक्नुभएको इन्सेकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको स्मृतिमा विसं २०५१ मा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र छ ।

मानवअधिकारकर्मी काफ्लेको नुवाकोटको घोप्टेभिरमा विसं २०४९ साउन १६ गते भएको थाई एयरबसको विमान दुर्घटनामा निधन भएको थियो ।