मनोरञ्जन

दिलिपलाई कसले भन्यो ‘माया पिरती लाउन’ ? (भिडियो)

काठमाडौं । कोरियोग्राफर दिलिप ओखेडाको ‘माया पिरती लाउन’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । दिलिपकै निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा सुष्मा तमाङ्को स्वर रहेको छ ।

सन्तोष सुब्बाले लेखेको उक्त गीतलाई रामेश्वर कार्कीले खिचेका छन् । म्युजिक भिडियोलाई टिबि थापाले सम्पादन गरेका छन् । गीतमा दिलिप र सुष्मालाई फिचरिङ गरिएको छ । पेमा तामाङ्को लगानि रहेको उक्त गीतलाई बलिउड मोसन डान्स फ्लिम्स ले बजार व्यवस्थापनको काम गरेको छ । कोरियोग्राफर दिलिप गीत संगीत र चलचित्रमा बलिउड कलाकार देखि नेपालका सेलिब्रेटीसंग काम गर्दै आईरहेका छन् ।

हेर्नुहोस् भिडियोः–