समाचार

काठमाण्डौमा काँग्रेसको कम्युनिष्ट सर्बसत्ताबादी ओली सरकार बिरुद्ध विशाल प्रदर्शन !

काठमाण्डौ । नेपाली काँग्रेस काठमाण्डौको काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारको भण्डारफोरका बिरुद्धका प्रदशर्न गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको आह्वानमा देशभरका ७७ वटै जिल्लामा हुने भनिएको सरकार बिरुद्धको प्रदर्शनमध्ये मुलुकको राजधानी नै काठमाण्डौ भएकोले आजको प्रदर्शनले महत्वपूर्ण भूमिका खेल्ने अनुमान लगाउन सकिन्छ।

आजको सरकार बिरुद्धको र्याली पश्चात हुने बिरोध प्रदर्शनमा पूर्ब महामन्त्री तथा क्षेत्र नम्बर-१ काठमाण्डौका प्रतिनिधि सभा सांसद प्रकाशमान सिंह, केन्द्रीय सदस्य, सांसद एबम् पूर्ब मन्त्री नबिन्द राज जोशी, क्षेत्र नम्बर-६ का साँसद तथा पूर्ब रक्षा मन्त्री भीमसेनदास प्रधान केन्द्रीय सदस्य एबं क्षेत्र नम्बर ४ का साँसद गगन कुमार थापा, पूर्ब मन्त्री एबम् क्षेत्र नम्बर-१० का साँसद राजन केसी लगायत काठमाण्डौबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।

काठमाण्डौ काँग्रेसका अध्यक्ष सबुज कृष्ण बालियाँले २.३० बजे शान्तीबाटिका, बाट शुरु हुने प्रदर्शन भोटाहिटी, अशन, इन्द्र चौक, विशाल बजार, शालिक चौक न्यूरोड हुंदै पुन शान्ती बाटिकामा नै आएर समापन हुने जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन काठमाण्डौका नेता कार्यकर्ताहरु, शुभचिन्तकहरुलाई काठमाण्डौ काँग्रेसले आग्रह समेत गरेको छ ।

उक्त प्रदर्शनमा तरुण दल, महिला संघ, नेबिसंघ, ट्रेड यूनियन लगायतले समेत आफ्नो ब्यापक उपस्थिति जनाउने काठमाण्डौ तरुण दलका अध्यक्ष कृष्णजी खड्काले सुर्यखबरलाई बताए ।

-सबुझकृष्ण बानीयाँ, सभापति नेपाली काँग्रेस काठमाण्डौ