सामाजिक सञ्जाल

ओमदेबी मल्ल कम्युनिष्ट पार्टी प्रबेश प्रकरण -नेतृत्वप्रति युवा नेता गुरुगं रिसाए

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुग पार्टी नेतृत्वसं कु्रर देखिएका छन् । काँग्रेस संसद नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घटनालाई सम्झदै उनी पार्टी नेतृत्वसंग रिसाएका हुन् ।
खरो रुपमा देखेको कुरा बोल्न नडराउने गुरुगंले पार्टीमा योगदान गरेका कार्यकर्ताको मुलयाँकन नगरी सदस्यता समेत नलिएको बाहिरको मान्छेलाई संसद बनाउदा यस्तै परिणाम आउछ भनेर नेतृत्वलाई सम्झाउदै यसो भन्छन्,
‘कांग्रेसको एक जना पुर्ब सांसद नेकपामा प्रवेश गरेको समाचार पढें। त्यसमा उनको कुनै गल्ति देख्दिन। गल्ती त त्यो नेताको हो, जसले कांग्रेस पार्टीमा लामो संघर्ष र दुःख गरेका महिला दिदीबहिनीहरुलाई सांसद बनाउन आबश्यक ठानेन, तर कांग्रेसको साधरण सदश्य समेत नभएकालाई सांसद बनायो।’