प्रदेश 1

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

इलामको साक्फाराबाट कुच्चो र अदुवा बोकेर आउँदै गरेको मे१त ५४९९ नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई अन्दाजी ४० फिट तल खसेको थियो । घटनास्थल बिकट क्षेत्र भएकाले घटनाबारे आज बिहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार मिक्लाजुङ–८ बस्ने १८ वर्षीय सुजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

ट्याक्टरका चालक इलाम, चुलाचुली गाउँपालिका–६ बस्ने ३० वर्षीय किसान राई फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।