आर्थिक

एनआई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलबिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाटओम हस्पिटल एण्ड रिसर्च सेन्टरकाम्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

बैंक अहिले मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९अर्बपुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।