समाचार

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज सोमबार ईटहरीस्थित पुर्वी पृतना हेक्वा, झापास्थित नयाँ श्रीनाथ गण, मोरङ जिल्लाको लेटाङ्गस्थित पुर्वी पृतना तालिम शिक्षालय र याङशिलास्थित श्री कालीशक्ति गण (ई) को निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण, गुल्म र शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।

साथै, प्रधानसेनापति क्षत्रीले भोली मंगलबार अन्य युनिटहरुको निरीक्षण भ्रमण गरेर काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।