बाग्मती

भिटोफ निर्वाचनमा दुई समूह

काठमाडौँ । ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को नेतृत्व आफ्नो पक्षमा पार्न पर्यटन व्यवसायी दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
भोलि मंगलबार हुने भिटोफको निर्वाचनका लागि पूर्वअध्यक्ष ध्रुव सिम्खडा र हालका महासचिव बासु पाण्डेले समूहगतरूपमा आ–आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् ।

दुबै समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो निर्वाचनसम्बन्धी घोषणापत्र र उम्मेद्वार पनि सार्वजनिक गरिसकेका छन् । शहर केन्द्रित पर्यटनलाई गाउँसम्म पु¥याउनेदेखि देशका सबै गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गरी स्थानीय जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउने महत्वकांक्षी योजना समेत ती घोषणा पत्रमा उल्लेख छन् ।

दुबै समूहको घोषणापत्रमा घरवास कार्यक्रम ‘होमस्टे’ को नयाँ गन्तव्य पहिचान र प्रवद्र्धन तथा उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

भिटोफको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिनेछन् भने बाँकी तीन सदस्यलाई मनोनयन गरिन्छ । जम्मा ७४६ साधारण सदस्यमध्ये ५७६ जनाले मतदान गर्ने भिटोफले जनाएको छ ।

प्रतिस्पर्धामा रहेका पाण्डे समूहकोे प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दीपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटा तथा सदस्यहरूमा जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का, देवीकृष्ण रोकाय र दीपक पङ्गेनी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै सिम्खडा समूहको प्रथम उपाध्यक्षमा कृष्णबहादुर सुवेदी, द्वितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कूलप्रसाद केसी र सहकोषाध्यक्षमा उमेश दनै तथा सदस्यहरूमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा बानियाँ र सन्तोष थापामगर प्रतिस्पर्धी छन् ।

अध्यक्षका प्रत्यासी पाण्डेले रासससँगको कुराकानीमा गाउँ केन्द्रित भएर पर्यटन प्रवद्र्धनमा लाग्ने तथा सबै गाउँलाई पर्यटकीय गाउँ बनाएर स्थानीय जनाताको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यका साथ नेतृत्वका लागि अघि बढेको बताए ।

“पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने हो भने देशका सबै गाउँलाई पर्यटकीय गाउँ बनाएर प्रवद्र्धन गरिनुपर्छ, शहर केन्द्रित पर्यटनलाई गाउँमा पु¥याउने नै मेरो मूख्य भूमिका रहन्छ, ” उनले भने ।

अर्का अध्यक्षका प्रत्यासी सिम्खडाले शहर केन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउँदै नमूना घरबाट पदयात्रा ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइने उल्लेख गरे ।

विश्व पर्यटन दिवसका अवसरमा हरेक वर्ष घोषणा गरिने उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल गर्ने उनको भनाइ थियो ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ श्रीलंका, थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडियालगायत मुलुकमा होमस्टेसँग समन्वय विस्तार गर्ने प्रत्यासी पाण्डेले बताए ।