समाचार

लालबाबु पण्डितले आक्रोशित हुदैँ भनेः पत्रकार खान नपाएका भतुवा हुन, रक्सीको भरमा समाचार लेख्छन्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आलु व्यापारीको संज्ञा दिएका छन् । उनले एक अनलाइन सँगको अन्तर्वार्तामा पत्रकारमाथि खनिएका हुन् । मन्त्री पण्डितले केही पत्रकारले रक्सीको भरमा समाचार लेख्ने गरेको बताए ।

पहिलो पटक मन्त्री हुदाँ उनले विदेशी डिभिपिआर लिएका कर्मंचारीलाई कारवाही गरेर लोकिप्रयता कमाएका थिए । उनले यो पटक पनि मन्त्री भएकै दिनदेखि कडा रुपमा प्रस्तुत हुदैँ आएपनि मिडियाको नजरमा खासै पर्न सकेका छैनन् ।

तपाईले जनअपेक्षा अनुसार प्रभावकारी ढंगबाट काम गर्न नसकेको गुनासो आउन थालेको छ नि ? भन्ने प््रश्नको उत्तर दिदैँ भने, के काम गर्नु ? जे जिम्मेवारी छ, त्यही न गर्नु । नयाँ-नयाँ कुराहरु, अहिले सबैभन्दा ठूलो व्यवस्थापनको काम हो कि होइन ? संघीयतामा अब संघीय मन्त्रालयले झण्डै-झण्डै सवा लाख कर्मचारी अनि ३७ हजार जनप्रतिनिधिको व्यवस्थापन भनेर त्यसमा पनि ३ तहको व्यवस्थापन त्यत्तिकै भएको छ ?

मैले प्रशासनिक अन्तरिम काल असार मसान्तभित्र सक्छु भनेको थिएँ, अस्ति सकियो । संरचना जम्मै तयार भइसक्यो । दिनका दिन हेर्नुहुन्छ नि । कति सय मान्छे मैले पठाइराखेको छु सरुवा गरेर हँ ? त्यो त चर्चा हुँदैन । कल्ले जाँड खुवाइदिन्छ, लेख्देऊ लेख्देऊ भनेर । कसलाई कहाँ चित्त बुझेको हुँदैन, खटाएको ठाउँमा ।

अलिअलि खेती भएन भने पत्रिका पनि बिक्दैन, अलिअलि खेती भएन भने अनलाइन पनि चल्दैन । अलिअलि नेगेटिभ(नेगेटिभ स्वाद लिऔं भनेर कतिपय मिडियाहरु हुन्छन् । मैले देख्छु कि कहिलेकाँहि ।