समाचार

प्रधानन्यायाधीशको आजको सुनुवाई पनि टर्यो, बैठक नै स्थगित

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपक राज जोशीको सुनुवाई सरेको छ । प्रधानन्यायाधीशमा जोशीको सिफारिसबारे निर्णय गर्न बसेको बिशेष सुनुवाई समितिको बैठक सोमबार पनि स्थगित भएको छ ।

अर्काे बैठक बुधबार बस्ने बताईएको छ । यसअघि सुनुवाई समितिको बैठक दुइ पटक स्थगित भइसकेको छ ।

छलफल जाी रहेकाले बैठक स्थगित भएको बताईएको छ । नेकपाले जोशीलाई प्रधानन्यायाधीश नबनाउने तयारी गरेका समाचारहरु पछिल्लो समय आईरहेका छन् ।