प्रदेश 1

मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान

इटहरी । मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज यहाँ विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको जनचेतनामूलक ¥याली शहरको विभिन्न स्थानको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा माइती नेपालको इटहरीस्थित केन्द्रकी संयोजक सुनिता केसीले मानव बेचबिखन समस्याको नियन्त्रण र न्यूनीकरणमा समाजका सबै वर्गको हातेमालो हुनुपर्ने बताए ।

श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेलको अध्यक्षतामा भएको कोणसभामा दिलकुमारी राईलगायतका अभियानकर्मीले मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई एक दिनको रुपमा सीमित नगरी नियमित रुपमा निगरानी गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा सयौं सहभागीले मानव बेचबिखनविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी एक्यबद्धता जनाएका छन् ।