राजनीति

सरकारलाई दबाइ खुवाउने बेला भएको छैन्ः नेता महतो

काठमाडौं । राष्ट्रिय जनताका पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले अहिले सरकारलाई दबाई खुवाउने बेला नभएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता महतोले संविधान संशोधन नभएपछि सरकारलाई खबरदारी गर्ने बताएका हुन् ।

उनले अहिले सरकार गरेको समर्थन फिर्ता नलिने समेत बताएका छन् । ’सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’

सरकारमा जाने बारे तत्काल पार्टीको कुर्नै योजना नभएको नेता महतोको भनाई थियो । ‘उनले सरकारले संविधान संशोधन नगरे त्यसपछि आफूहरुले सरकारको दबाई गर्न जानेको उनले बताए । महतोले थपे,’अहिले नै दबाई गर्ने बेला भएको छैन ।’