मनोरञ्जन

‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ ले कमाल गर्दै, १ घण्टा नबित्दैँ ३५ हजार भिउज (भिडियो)

काठमाडौं । बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को पहिलो गीत सार्वजनिक भएको छ । पहिलो नम्बरमा बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विन्दु परियार र डेभिड शंकरको स्वरमा रहेको गीत लोकप्रिया सामाजिक सञ्जाल युट्युबमार्फत बजारमा आएको छ । राजेन्द्र थापाको शब्द रहेको उक्त गीतलाई दिपक शर्माले कम्पोज गरेका छन् ।

दिपक राज गिरीले लेखेको कथामा आधारित चलचत्रि दशैमा रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

चलचित्रमा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपाश्री निरौला, प्रियङ्का कार्की लगायतले अभिनय गरेका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई ३१ हजार पटक हेरिएको छ । गीत हिट हुने पक्का छ ।