अन्तर्राष्ट्रिय

मतदान सुरु

हरारे । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि पहिलो पटक आज जिम्बाबेमा संसद्का लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

“मेरा भावी सन्ततीका लागि शान्त र समृद्ध जिम्बाबे चाहिएको छ । तैपनि परिस्थिति निकै जटिल छ,” २८ वर्षीय बेरोजगार युवा टावान्दा पेत्रुले बताए । उनी उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।

कूल २३ स्थानका लागि भएको यस चुनावमा करिब ५० लाख मतदाता रहेका छन् ।

चुनावमा मुगाबेको सत्तारुढ जानु–पिएफ पार्टीबाट दोस्रो दर्जाका नेता इमर्सन मान्गाग्बा उम्मेदार छन् । उनी आर्थिक सुधार र समृद्धिप्रति प्रतिबद्धता जनाउँदै चुनावमा होमिएका छन् ।

तर उनलाई मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) का अध्यक्ष ४० वर्षीय नेल्सन चामिसाले कडा टक्कर दिने अनुमान गरिएको छ । यस दलले ४० वर्षदेखि सत्तामा रहेको जानु–पिएफलाई पराजित गर्ने उद्देश्य राखेको छ ।

चुनावको पूर्वसन्ध्यामा रोबर्ट मुगाबेले पत्रकार सम्मेलन गरी आफैंले स्थापना गरेको जानु–पिएलाई मतदान नगर्ने भन्दै चामिसालाई समर्थन गर्ने संकेत दिएका छन् ।