राजनीति

बलत्कारीलाई फाँसी दे भन्दै काँग्रेस महासागर यसरी उर्लियो

बिराटनगर । नेपाली काँग्रेसको १५ गते हुने देशका ७७ वटै जिल्लाका सदरुमुकाममा सरकारको बिरुद्धमा हुने प्रदर्शनकने तयारीका क्रममा आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा प्रदर्शन गरिएको छ । नेपाल तरुण दल, नेबिसंघ, ट्रेड यूनिय, नेपाल महिला संघ लगायतका भातृसंस्थाहरुको सकृयतामा मोरगं काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको उखान टुक्काले देश नचल्ने बताएका छन् ।
उक्त र्यालीमा अधिनायकबादी कम्युनिष्ट सरकार मुर्दाबाट, मूल्यबृद्धी खारेज गर, बलत्कारीलाई फाँसी दे, भ्रष्ट सरकार राजीनामा दे, उखान टुक्काले देश चल्दैन, भ्रष्ट प्रधानमन्त्री राजीनामा दे लगायत सरकार बिरुद्ध नारा लगाएका थिए ।
हजारौँ नागरिकहरुको उपस्थीतिमा भएको उक्त बिरोध र्याली भोली हुने सदरमु कामको बिरोध प्रदर्शनमा बढी भन्दा बढी जनताको उपस्थिति गराउने उद्येश्य रहेको एक नेताले सुर्यखबरलाई बताए ।
आज काँग्रेसले देशका सबै जिल्ला तथा स्थानीय तहमा भोलीको आन्दोलनको तयारीका लागी प्रदर्शन गरिरहेको मुख्यसचिब पौडेल बताउछन् । उल्लेख्य रुपमा महिलाहरुको समेत उपस्थिति रहेको मोटरसाईकल र्याली बलत्कारीलाई पाँसी दिनुपर्ने मागमा केन्द्रीत देखिन्थ्यो ।