बाग्मती

बलात्कारपछि फुपूकै मिलेमतोमा हत्या भएको सनसनीपूर्ण खुलासा !

काठमाडौं । जिल्लाको तेमाल गाउँपालिका गत महिना भएको बालिका हत्या प्रकरणबारे सनसनीपूर्ण खुलासाहरु हुदैँ गएको छ । प्रहरीका अनुसार आफ्नै फुपूसमेतको मिलेमतोमा हत्या गरिएको भनिएकी ९ वर्षकी बालिका एलिसा तामाङको जबरजस्ती करणी पछि हत्या भएको छ ।

बालिकाको घर नजिकैँ जोखन मन्सुरीले मादक पदार्थ सेवन गरेको नसामै जबर्जस्तीकरणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । करणीबाट बालिकाको योनाङ्ग तथा मलद्धारमा समेत चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मन्सुरीले मादक पदार्थ सेवन गरी बालिकालाई करणी गर्ने क्रममा बालिका चिच्याएपछि पीडित बालिकाको नाक मुख थुनी दिएकोमा निसास्सिएर बालिकाको मृत्यु भएको हो ।

पिडित बालिकाको नातामा नातामा फुपू पर्ने मिना तामाङ्गले प्रत्यक्ष देखे पनि कुनै प्रतिकार नगरी घटना लुकाउने प्रहरी अनुसन्धानले देखाएको छ ।

गएको असार २० गते साँझ घरको बाख्रा खोरमा २१ वर्षीय फुपू मिना तामाङ र ज्यामी काम गर्ने २३ वर्षीय जोखन मन्सुर यौनसम्बन्ध राखिरहेकोे अवस्थामा एलिसाले देखेपछि आफ्नो अवैध सम्बन्ध लुकाउन यो घटना घटेको हो ।