राजनीति

डीएलएको नेतृत्वमा अधिकारीले बाजी मारे

चितवन । नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डीएलएको वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका हुन् ।

कृष्ण सिटौला समूहले अधिकारीलाई अघि सारेको थियो । अधिकारीले झन्डै १ सय हाराहारीको मतले विजयी भएका छन् । प्रदेश संरचनामा जाने कांग्रेसको पहिलो भातृ संगठन बनेको डीएलएले अधिवेशसनबाट सातवटै प्रदेशका उपाध्यक्षहरु चुनिएका छन् ।

प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल चुनिएका छन् । त्यस्तै गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।