समाचार

जोशीलाई तगारो बन्यो नेकपा, प्रधानन्यायाधीश नबनाउने तयारी गरेको खुलासा

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक राज जोशीलाई नेपाल कम्युनिष्ट पार्टी तगारो बनेको छ । जोशीलाई नेकपाले प्रधानन्यायाधीश नबनाउने आन्तरिक तयारी गरेको खुलासा भएको हो । स्रोतका अनुसार नेकपाले जोशीको सिफारिस अस्वीकृत गर्ने तयारी गरेको खुलेको छ ।

यस अगाडी दुई पटक स्थगित भईसकेको संसदीय बिशेष सुनुवाई समितिको बैठक सोमबार दिउसोँ २ बजेका लागि बोलाईएको छ । जोशीका फैसलाहरु र शैक्षिक प्रमाणपत्र पनि विवादमा रहेकाले आकस्मीक कुनै त्यस्तो घटनाक्रम नभए जोशीको सिफारिस रोकिने स्रोतको दाबी छ ।

पार्टीका शिर्षस्थ नेतृत्वले सुनुवाई समितिमा रहेका सांसदलाई यदि पर्याप्त कारण र आधार हरु नभए सिफारिस अस्वीकृत गर्न संकेत गरेको बुझिएको छ ।