मनोरञ्जन

ह्याण्डसम मुख्यमन्त्री राई भन्छन्, ‘कन्या खोजेको छैन तर आउदो मंसीरमा बिहे गर्छु’

सुर्यखबर सम्बाददाता/
बिराटनगर । राजनीतिमा लाग्नेले जनताको काम गर्दागर्दै आफ्नो ब्यक्तीगत जिन्दगीको बारेमा ध्यान दिनै पाउदैनन् भन्ने भईसकेको छ । नेपाली काँग्रसमा कसंस्थापक नेता कृष्ण प्रसाद भट्टराई, शुसील कोईराला लगायतका नेताहरु मुलुकको प्रधानमन्त्री सम्म भए तर बिबाह नगरी देहान्त भए । त्यस्तै पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु रारायणकाजी श्रेष्ठ समेत अबिबाहित छन् । यस्तै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफू अब मंसीरमा बिहे गर्ने बताएका छन् । सन १९७१ साल भोजपुरमा जन्मिएका मुख्यमन्त्री राईले प्रदेश सभा निर्बाचनपछिको मुख्यमनत्री निर्बाचनताका संचारमाद्यममा आफू मुख्यमन्त्री भएपछि बिहा गर्ने बताएका थिए ।

 

अनि कन्या तयार हुनु भो त भन्ने प्रश्नको उत्तरमा भने अहिले खोजी भईरहेको र भदौ असोजसम्ममा भेटिने बिश्वास रहेको जानकारी दिए ।

प्रदेश नम्बर १ को केन्द्र बिराटनगरस्थीत उनकै कार्यालयमा फरक प्रसंगमा हाम्रा प्रतिनिधिले सोध्दा उनले आफू मंसीरमा बिहा गर्ने योजनामा रहेको दाबी गरे । अनि कन्या तयार हुनु भो त भन्ने प्रश्नको उत्तरमा भने अहिले खोजी भईरहेको र भदौ असोजसम्ममा भेटिने बिश्वास रहेको जानकारी दिए ।

तपाई केन्द्रमा नै संचारमन्त्री भईसक्नुभएको मान्छे प्रदेश नम्बर १ मा मात्र खुम्चिनुपर्दा अप्ठ्यारो लागेको छैन भन्ने प्रश्नको जवाफमा उनले संघीयताको ईतिहास कोर्ने समय भएकोले आफू यसमा खुसी रहेको बताए । उनले थपे फेरी म केन्द्रको संचारमन्त्री हुंदा एउटा बिभाग त सम्हाल्थें नि ! अहिले त प्रदेश नम्बर १ को चिफ मिनिस्टर भएको छु ।

तपाई कस्ती कन्यासंग बिबाह गर्ने सोचमा हुनुहुन्छ भन्ने जवाफ भने एकदम ब्यस्त रहेका मुख्यमन्त्री राईले दिन सकेनन् । उनी बिहान देखी रातीसम्म नै आफू आफ्नो प्रदेशको समग्र बिकासका लागी ब्यस्त छन् ।

मंसीरमा ह्याण्डसम, दयालु र संघीयतापछिको पहिला मुख्यमन्त्री राईको बिहा होस शुभकामना छ ।  मुख्यमन्त्री राई यसभन्दा अघि संचारमन्त्री बनेका थिए । पछिल्लो समय भोजपुरबाट नै प्रदेश सभा निर्बाचनमा बिजय पश्चात नेकपा एमालेका सचिब भीम आचार्यसंग आन्तरिक प्रतिश्पर्धा गरेर बाटो क्लीयर भएको थियो । उनी तत्कालीन माओबादी केन्द्रसंग मिलेर मुख्यमन्त्री बनेपनि पछिल्लो समयमा पुर्ब एमाले र माओबादी केन्द्र लगभग एकीकरण भईसकेका छन् ।