मनोरञ्जन

‘मिस्टर भर्जिन’ को ट्रेलर बाहिरियो, निकै रमाइलो छ ट्रेलर (भिडियो)

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार दरबारमार्गमा रहेको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । तीन कुमार केटाहरुको यौन मनोविज्ञान माथि निर्माण गरिएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

बिसारत बस्नेतको निर्देशनमा तयार यो चलचित्रको ट्रेलरमा केही डबल मिनिङ लाग्ने वर्ड प्रयोग गरिएका छन् । आगामी भाद्र १ बाट चलचित्र देशव्यापी प्रदर्शनमा आउदैँछ ।