खेलकुद

नेपालको एमसीसी र नेदरल्याण्ड्ससँग टी ट्वान्टी भिडन्त हुदैँ

काठमाडौं । नेपालले आइतबार इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ । आज नेपालले क्रिकेटको होम मानिने इंग्ल्यान्डमा नेपालले नेपाली समयअनुसार आज साँझ ६ः१५ बजे एमसीसीसँग खेल्ने र साढे १० बले नेदरल्याण्ड्ससँग खेल्ने भएको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी–२० मान्यता दिएको छ । दुवै टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीहरु हुन् । यी खेलहरु मैत्रीपूर्ण खेलको रुपमा खेलिने छन् ।