राजनीति

चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाइ स्वागत गर्न हामी आतुर छौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीसँगचीनकाउपविदेश मन्त्रीवाङ वाजुनले आज भेटघाट गरेका छन् । भेटका क्रममा प्रधानमनन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताएका छन् ।

“हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्व कालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताए ।

“सन् २०१६को मार्चमा चीनसँग गरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं” प्रधानमन्त्री ओलीले भने “हामी भूपरिवेष्टित देश भएकोले यो सन्धीमार्फत हामी समुद्र सम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।”

प्रधानमन्त्री ओलीले चीनीयाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । “हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजन्ीतिक भ्रमण हुनु पनि आवश्यक छ ” प्रधानमन्त्री ओलीले भने “चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं । ”

उपविदेशमन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताएका छन् । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धकाथुप्रै आयामहरुक बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताएका छन् ।

“सरकार सरकारका बीच र जनस्तरबाट पनिनेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमात्यसलाई उपयोग गर्नु पर्दछ ” वाङले भने ।