आर्थिक

विन्ध्यवासिनी हाइड्रोपावरद्धारा शेयर निष्कासनको जिम्मा सानिमा क्यापिटललाई

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्रीप्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट संचालक भरत वहादुर पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागी १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।