सूचना प्रविधि

स्मार्ट सिटीबारे छलफलसहित केसीसी एक्जीवेसन सम्पन्न

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा KCC exhibit2018 आज सम्पन्न भएको छ ।नवीनता, एकीकृतता र दीगोपनमूलनारा रहेको उक्तप्रदर्शनीमा स्मार्ट शहरबारे “दीगो विकासकालागि स्मार्ट सिटी” शीर्षकको एक गोष्ठीबीच छलफल गरिएको थियो ।

प्रदर्शनीमाइको–स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए । हिजोबाट सुरु उक्त प्रदर्शनीको समुद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गगरेका थिए ।

विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथाअन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैङ्कको प्रमुखप्रायोजन रहेको नियोस्फेर, अग्निमोटो ., वल्र्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ, आरआर  प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचनाप्रविधिविभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो । कार्यक्रममा गायिका आस्था राउत र हास्यकलाकार जितु नेपालको पनि प्रस्तुति रहेको थियो ।