बाग्मती

आध्यात्मिक जागरणका लागि भीमलीला स्मृति सङ्ग्रहालय

काठमाडौँ । मानिसमा आध्यात्मिक भावना जगाउने उद्देश्यले नुवाकोटमा भीमलीला स्मृति सङ्ग्रहालय स्थापना गरिएको छ ।
राजयोगी हितबहादुर प्याकु¥याल ‘धर्म’ले आफ्ना मातापिताका नाममा स्थापना गरेको सूर्यगढी–३, पवित्रस्थल, चोकदे मैदानमा स्थापित सङ्ग्रहालयमा देशविदेशका वीरविराङ्गना तथा ख्यातिप्राप्त व्यक्तिका तस्वीर, शालिक, ज्ञानविज्ञानका पुस्तक आदि रहने बताइएको छ ।
रु एक करोडको लागतमा बनेको सङ्ग्रहालयमा अहिंसा, प्रेम, सत्य, निष्ठा, धर्म, चरित्र आदिबारे छलफल, अन्तक्र्रिया, प्रवचन आदि कार्यक्रम पनि गरिने छ ।
यसैबीच चोकदे मैदानमा जापानी सहयोग संस्था जाइको सहयोगमा निर्माणाधीन वागेश्वरी माविमा हालैको वर्षाले क्षति पुगेको छ । रु ५० लाखको क्षति भएकाले विद्यालयका लागि सहयोग पु¥याउन समाजसेवी तथा विद्यालयका संस्थापक प्याकु¥यालले सबैमा आग्रह गरे।