समाचार

एउटा घटना सेलाउन नपाउदैँ अर्की युवती दुइ प्रहरी जवानद्वारा सामूहिक बलात्कारको सिकार

काठमाडौं । राजधानीमै शनिबार एक युवती बलात्कृत भएकी छन् । राजधानीको कलंकीस्थित एक गेष्टहाउसमा उनी बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी बृतका अनुसार घटनामा संलग्न रहेको आरोपमा दुई जना सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्ने जवानहरुमा रामशरण पोखरेल र चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत रहेका र रामशरण युवतीका प्रेमि रहेका खुलेको छ ।

उनका प्रेमी रामशरणले युवतीलाई राती गेष्टहाउसमा बोलाएर साथी र आफूले जबर्जस्तीकरणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको महानगरी प्रहरी वृत कालीमाटीले जनाएको छ ।