प्रदेश 1

तरुण दलद्धारा प्रशिक्षण अभियान शुरु

धरान । नेपाल तरुण दल, धरान उपमहानगर समितिले अगुवा तरुण कार्यकर्ताहरु लक्षित एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल तरुण दल, सुनसरी क्षेत्र नं. १ को समन्वयमा प्रशिक्षण कार्यक्रमलाई वडा–वडासम्म अभियानको रुपमा लैजाने बताइएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, जिल्ला सदस्य माधव घिसिङ, नेपाली कांग्रेस धरानका सभापति तिलक राई, नेपाल तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङ, नगर उपाध्यक्ष नरसिंह राई लगायतले मन्तव्य राखेका थिए ।

वक्ताहरुले कम्युनिष्ट सरकारले दुई तिहाइको आडमा निरंकुशता र अधिनायकवाद लाद्न खोजेको भन्दै सरकारको जनविरोधी कदमको विरोध गरेका थिए । उनीहरुले नेताको स्वार्थपूर्तिका लागि वनाइएको सबै गुट उपगुट अन्त्य गरी पाटीलाई एक ढिक्का बनाएर लोकतान्त्रिक सरकारको अलोकतान्त्रिक क्रियाकलापको भण्डाफोर गर्नु पर्नेमा जोड दिए ।

नेपाल तरुण दल धरानका नगर अध्यक्ष हिमाल श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन नगर सचिव मनोहर श्रेष्ठले गरेका थिए भने प्रशिक्षण राजविमल श्रेष्ठ र विरेन्द्र शाहले दिएका थिए ।