प्रदेश 1

क्यान्सर पिडित विकासलाई आर्थिक सहयोग

धरान । क्यान्सर रोगद्धारा पिडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई नेपाल तरुण दल धनकुटाको अध्यक्ष दिनेश राईको अध्यक्षतामा आयोजित रकम हस्तानतरण कार्यक्रममा रु.१,०३,६५०। रकम सहयोग प्रदान गरिएको हो ।

लामो समय देखि धनकुटाको भेडेटारमा कुकको काम गर्दै आएका उनलाई केही महिन अघि मलद्वारमा क्यानसर भएपछि उपचार गर्न पैसा नभएकाले उनका परिवारले सामाजिक सन्जालमा ज्यान बचाउन सहयोगको लागि अपिल गरेका थिए ।

सामजिक सन्जालको अपिल देखेर नेपाल तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेस बर्दियाका महासमिती सदस्य जन्मजय तिमिलसिनाले नेपाल दक्षिणकोरिया जनसम्पर्क समितिसंग पहल गरी रु.१,०१,५००। रकम संकलन गरी नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलाई उपलब्ध गराएका हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सह–सचिव प्रेमकुमार राईले पनि रु. २,१५०। सहयोग गरेका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटा क्षेत्र न. १ का क्षेत्रीय सभापती जितेन्द्र रुम्दालि, नेपाल आदिवासी जनजाति संघ, सुनसरी सभापति नन्दराज राई, नेपाल तरुण दलका केन्द्रिय पार्षद तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र न. १ का सह–सचिव प्रेमकुमार राई, नेपाल तरुण दल धनकुटा क्षेत्र न. २ का सभापती तिलक महत लगायतले मन्तव्य राखेका थिए ।