मनोरञ्जन

कलाकार पुष्करको ‘हे गौरी’ आउदै

काठमाडौँ । बहुप्रतिभाका धनि कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्तको शब्दमा रहेको नया गित ‘हे गौरी’ चाडैनै दर्शक श्रोता माझ आउने भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको आवाज रहेको ‘हे गौरी’ सम्पूर्ण नेपाली संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल हुनेमा गीतकार पुष्कर पन्त ढुक्क छन् । उक्त गितमा संगीत शंकर थापाको रहेको छ भने एरेन्ज डिजे एल एक्स पौडेलको रहेको छ ।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय गीतकारको रुपमा समेत चर्चित बन्दै गएका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्।

तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।

नेपाली सांगीतिक बजारमा आउन लागेको ब्लाष्ट गित ‘हे गौरी’ ले कलाकार तथा निर्माता पुष्कर पन्तलाई गीतकारको रुपमा समेत स्थापित बनाउने कुरामा यस क्षेत्रका बिज्ञहरु बताउछन ।