बाग्मती

प्रगतिशील कानून व्यवसायीको संयोजकमा रिमाल

काठमाडौँ । प्रगतिशील कानून व्यवसायी प्रदेश नं ३ को आज भएको भेलाले अधिवक्ता रामप्रसाद रिमालको संयोजकत्वमा पाँच सदस्यीय ‘प्रगतिशील कानून व्यवसायी समिति’ गठन गरेको छ ।

प्रदेशभित्रका प्रगतिशील कानून व्यवसायीलाई एकताबद्ध गरी उनीहरूको पेशागत हकहित, व्यावसायिक क्रियाशीलता बढाउने तथा सेवाग्राहीलाई छरितो कानूनी उपचार प्रदान गर्ने उद्देश्यले उक्त समिति निर्माण गरिएको जनाइएको छ ।

भेलामा सो प्रदेशका १२ जिल्लाबाट करीब ६० व्यवसायी सहभागी थिए । नवगठित समितिले आफ्नो क्षेत्राधिकार, पदाधिकारी तथा केन्द्रीय समिति संख्या, कार्यक्रम, उद्देश्य र औचित्य सम्बन्धमा योजना निर्माण गरेर कानून व्यवसायीसँग साउन १६ गते अन्तक्र्रिया र छलफल गर्न लागेको अधिवक्ता रामशरण डंगोलले बताए ।