प्रवास

बाबुरामले कार्ल मार्क्सको घर र पारिवारिक परिवेसको प्रत्यक्ष अवलोकन गरेपछि यसो भने !

काठमाडौँ । युरोप भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई कार्ल माक्र्सको जन्मस्थलमा पुगेका छन् । कार्ल माक्र्सको जन्मस्थल जर्मनीको ट्रियर शहर पुगेपछी डा. भट्टराइले एक ट्वीट गर्दै श्रेठतम विचारक प्रति शब्द सम्मान गर्न पाउनदँ गर्वको अनुभूति भएको बताएका हुन् ।

पत्नी हिसिला यमीसँगै युरोप भ्रमणमा रहेका भट्टराईले एक ट्वीट गर्दै आफू कार्ल माक्र्सको जन्मभूमि पुगेको जनाएका छन् । ट्वीट मार्फत दुइ सय बर्ष पहिलेको कार्ल माक्र्सको घर र पारिवारिक परिवेसको प्रत्यक्ष अवलोकन गरेको जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, कार्ल माक्र्सको पूजा हैन उनका विचारको प्रयोग र समयानुकुल विकास गर्नुपर्ने वोध भएको छ ।

यस्तो छ उनको ट्वीट:-