राजनीति

नेता शाह भन्छन्ः कांग्रेसमा अनुशासनको खडेरी भयो

काठमाडौं । नेपाल विद्यार्थी संघका वरिष्ठ नेता ऋषिकेश जंग शाहले नेपाली कांग्रेसमा हार्दिकता सहितको आत्म अनुशासन र आत्म अनुशासन सहितको एकता आवस्यक रहेको दोहोराउनु भएको छ। नेबि संघ हुम्ला काठमाडौं सम्पर्क समितिले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

नेता शाहले कांग्रेसमा अनुशासनको खडेरी भएको भन्दै पार्टी सुधार गर्न सबैभन्दा पहिला कांग्रेसमा आत्मअनुशासनको खाचो रहेको औल्याए । कर्णाली प्रदेशमा कांग्रेसलाई बलियो बनाउन कर्णाली प्रदेशका अग्रज नेताहरूले पनि ध्यान दिनु पर्ने उनको भानाई रहेको थियो ।

सोही कार्यक्रममा शाहले आगामी चुनावमा कांग्रेस लाई पहिलो पार्टी बनाउन नेबि संघको सक्रियता पनि राम्रो हुनुपर्ने र नेबि संघले मात्रै दश लाख नयाँ सदस्य कांग्रेसमा भित्र्याउनु पर्ने उहाले बताएका छन् ।