राजनीति

विश्वप्रकाश शर्माको ठोकुवाः गोविन्द केसीका माग कांग्रेसले पूरा गरेको हो (हेर्नुहोस् भिडियो)

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्याग्रही प्राडा गोविन्द केसीका माग नेपाली कांग्रेसको पहलमा पूरा भएको बताएका छन् । एक पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता शर्माले आफ्नै कारण समस्या सिर्जना भएपनि समाधान पनि कांग्रेसकै पहलमा भएको ठोकुवा गरेका छन् ।

डाक्टर गोविन्द केसीको माग कांग्रेसले सुनुवाई गरेको दाबी गर्दै माथेमा कार्यदल कांग्रेसले नै गठन गरेको ठोकुवा थियो । उनले केसीको माग पूरा गर्दै अध्यादेश कांग्रेस सरकारले नै जारी गरेको सम्झाए ।

सरकार र केसीबीच भएको वार्ताको शर्माले स्वागत गरेका छन् । डा. केसीको माग र अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दबाबले बहुमतको हठमाथि बताए । उनले कांग्रेस शिक्षा, स्वास्थ्य लगायत अन्य समाज परिवर्तनका क्षेत्रमा कहिल्यै पछि नहट्ने बताए ।

https://youtu.be/804R1sBRRfs