पर्यटन/संस्कृति

हज गर्न जाने यात्रीलाई बिदाइ

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाबाट हज गर्न जाने यात्रीलाई आज बिदाइ गरेका छन् । उनले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गरे ।

उनले हज यात्रीलाई हजको प्रक्रियाबारे जानकारी नभएका कारण पनि समस्या भोग्नु परिरहेकालाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट हज यात्रीका लागि प्रशिक्षणको व्यवस्थाको गर्ने आफ्नो सोच रहेको जानकारी गराए ।

शिक्षा नै समृद्धिको मूल आधार रहेकाले बालबालिकाको शिक्षामा जोड दिन धर्मगुरू र अगुवालाई उनले आग्रह गरे । यसवर्ष धनुषा जिल्लाबाट १२ महिलासहित ३२ जना हज यात्रामा जान लागेका छन् ।