आर्थिक

राजश्व कार्यालयद्वारा रु नौ अर्ब राजश्व संकलन

कलैया । आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ ।

मूल्य अभिवृद्धि करतर्फ रु ५९ करोड ७५ लाख ९४ हजार, आयकरतर्फ रु ५९ करोड ७४ लाख ८८ हजार, घरवहालकरतर्फ रु तीन करोड २७ लाख ५० हजार तथा ब्याजकरतर्फ रु दुई करोड ८१ लाख ८० हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयले शिक्षाकरतर्फ रु ३० लाख, स्वास्थ सेवाकरतर्फ रु २१ लाख तथा बारा र रौतहट जिल्लाका ५० हजार ४ सय करदाताबाट रु ७ अर्ब ५१ करोड ६२ लाख ११ हजार गरी कूल रु ८ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजश्व संकलन गरिएको कार्यालय प्रमुख रामप्रसाद पाठकले जानकारी दिनुभयो ।

चौरी पैठारीका समान वीरगञ्ज भन्सार पठाइयो 

त्यस्तै, राजस्व छलेर नेपाल भित्रियाइएका रु तीन लाख ३२ हजार दुई सय ५० मूल्य बराबरका विभिन्न सामग्री प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।

विभिन्न मितिमा राजश्व छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेकोे अवस्थामा प्रहरीले बरामद गरेको उक्त मूल्य बराबरका लत्ताकपडा, खाद्य सामग्री, तीन थान मोटरसाइकल र २० थान साइकलसमेत बीरगञ्ज भन्सार कार्यालय पठाएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

सिमावर्ती भारतीय बजार अदापुर, घोडासहान, छौडादानो र रक्सौलबाट तस्करी गरी नेपाल ल्याउने क्रममा प्रहरीको उक्त मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको थियो ।