राजनीति

सभापती देउवाको ठोकुवाः अन्तरघातका कारण ३० सिट हारेका छौ, यो रोग नहटेसम्म कांग्रेस अघि बढ्नै सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले अन्तर्घातको रोग नहटेसम्म पार्टी अगाडी बढ्नै नसक्ने ठोकुवा गरेका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै सभापती देउवाले यस्तो बताएका हुन् ।

अन्तर्घातका कारण चुनावमा २५ देखि ३० सिट गुमाएको भन्दै देउवाले भने, ‘कम्युनिष्टहरु दुई पार्टी एक भए, हामी चभने दुई पार्टी झै भयौं’ देउवाले भने, ‘अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही वताउँछ ।’

नेपाली कांग्रेस सधै जनताको पक्षमा काम गर्ने पार्टी भएको उनको भनाई थियो । उनी सरकारविरुद्ध भने खनिएका छन् । उनले सरकारले आफूहरुलाई आन्दोलन गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

‘कम्युनिष्टहरुको सरकार अधिनायकवादतिर जान खोज्छ, प्रयास गरिरहेको छ’ सभापति देउवाले भने, ‘हामी त्यसलाई संविधान र कानुनमा टेकेर रोक्ने प्रयास गर्दैछौं ।’