प्रवास

स्वीडेनमा बाबुरामलाई भव्य स्वागत

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पत्नीसहित स्वीडेन पुगेका छन् । डा. भट्टराई र पत्नी हिसिला यमीलाई स्वीडेनमा भव्य स्वागत गरिएको छ । उनीहरुलाई गैरआवासिय नेपाली संघ (एनआरएनए) स्वीडेनले स्वागत गरेको हो ।

२७ जुलाई २०१८ का दिन एन आरएन ए स्वीडेनले एक अन्तर्रक्रियाको आयोजना गर्दै भव्य स्वागत गरिएको छ । त्यहाँको एक रेष्टुरेन्टमा प्रवासी नेपालीको समस्या र समाधान तथा समृद्ध नेपाल बिषयक अन्तरक्रिया सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दैँ संयोजक भट्टराईले स्वीडेनको विकासका लागि नेपालले सिक्नुपर्ने बताएका थिए । उनले प्रवासीहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेता जनाए ।

कार्यक्रममा बोल्दैँ गैरआवासिय नेपाली संघ (एनआरएनए) स्वीडेनका अध्यक्षले पनि देश विकास र समृद्ध नेपाल निर्माणका लागि नेपाल फर्केर लगानी गर्नुपर्ने र त्यसका लागि सरकारसँग लगानीको पहल गर्न आग्रह गरेका थिए ।

कार्यक्रममको संचालन संघका सचिव राजकुमार पाठकले गरेका थिए ।