बाग्मती

चक्कु देखाई ट्याक्सी चालक लुट्ने तीन पक्राउ

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले धारिलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले बिहीबार राति ११ बजे बा२ज २७१३ र बा२ज ३६६९ नम्बरको टक्सीमा यात्रु बनेर धारिलो हतियार देखाई ठगी गर्ने नुवाकोटका १८ वर्षीय कविन परियार, टोखाका २३ वर्षीय राहुल शिल्पकार र झापाका २५ वर्षीय विराज ढकाललाई पक्राउ गरेको हो । जसमा परियार र शिल्पकारलाई बिहीबार बेलुका र ढकाललाई आज बिहान पक्राउ गरेको हो ।

उनीहरुले दुवै ट्याक्सीको चालकलाई बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हेपाली हाइट पु¥याएर चक्कु देखाई मोवाइल र नगद लुटपाट गरको अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुसँग नगद रु पाँच हजार ६००, छ थान मोवाइल, एक थान औँठी, तीन थान धारिलो हतियार समेत बरामद गरेको छ ।