मनोरञ्जन

मौलिक तीज गीत संङ्ग्रह सार्वजनिक

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष सञ्चारकर्मी निरु गौतमले मौलिक भाखाको तीज गीत संग्रह शुक्रबार यहाँ सार्वजनिक गरेका छन् ।

सञ्चारकर्मी गौतमको लय र शब्द सिर्जनामा सिर्जीत जमुनाको तिर बोलको तीज गीत संग्रहको र म्युजिक भिडियोको  गायिका देविका वन्दनाले विमोचन गरे ।

त्यस अवसरमा वरिष्ठ गायिका वन्दनाले बुटवलले सांगीतिक क्षेत्रमा फड्को मार्दै गएकोमा खुशी व्यक्त गर्दै जमुनाको तिर बोलको गीत अहिलेको नेपालको मौलिक परम्परा संरक्षण गर्ने खालको भएका बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसी, रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली, सञ्चारिका समूहका अध्यक्ष अमृता अनमोलले सञ्चारकर्मी गौतमले राम्रो गीत बजारमा ल्याएर कला क्षेत्रलाई प्रवर्धन गर्न लागेकोमा सराहना गरे ।