लुम्बिनी

गैरकानूनी रुपमा कल बाइपास गर्ने पक्राउ

बुटवल । प्रहरीले गैरकानूनी रुपमा अनुमति बिना अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट कल बाइपास गर्न प्रयोग हुने विभिन्न प्रविधिका सामानसमेत बरामद गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ झुलेनीपुर बस्ने रामप्रसाद न्यौपानेलाई कल बाइपास सञ्चालन गरिरहेका बेला उनकै निवासबाट बिहीबार नियन्त्रणमा लिई पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो ।