प्रदेश 1

कांग्रेसको क्षेत्रीय समिति विस्तार

धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय समिति विस्तार भएको छ । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले २ महिना अघि विघटन गरिएको समिति विस्तार गरेको हो ।

विस्तारित समितिको उपसभापतिमा धनबहादुर कटवाल, सचिवमा महेन्द्र प्रधान र सह–सचिवमा प्रेमकुमार राई रहेको छ । सह–सचिव राईका अनुसार सदस्यहरुमा माधवगोविन्द श्रेष्ठ, नन्दकुमार राई(प्रविन), रत्न रिमाल, राजेशमान श्रेष्ठ, चित्रकुमारी राई, युनेश राना मगर, प्रभात खतिवडा र प्रताप भट्टराई रहेको छ ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यमा अरुण कटवाल, अतुल श्रेष्ठ, उमेश पौडेल, रमेश थापा, रोजन रणपहेली, निर्मला गुरुङ, आशिष कटवाल, योगेश थपलिया, लोकमणि शर्मा र भुपाल राई रहेको छ । बैठकले क्षेत्रीय सदस्य तथा पूर्व क्षेत्रीय सह–सचिव नारद राईलाई विदेश समन्वय समितिको संयोजकमा चयन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, महासमिति सदस्य उमेश थापा, महाधिवेशन प्रतिनिधिद्धय नन्दराज राई, कृष्णकला मादेन लगायतको उपस्थिति रहेको थियो ।

अविलम्व सल्लाहकार समिति र विभिन्न विभागहरु गठन गरी अन्य सकृय साथीहरुलाई समेटिने सभापति श्रेष्ठले बताएका छन् । बैठकले धरान उपमहानगरपालिकाका प्रमुख स्व. तारा सुब्बाप्रति शोक प्रकट गरेको छ ।