राजनीति

तपाईहरुको भबिश्यको ग्यारेन्टी हामी लिन्छौ, काँग्रेसमा आउनुस : डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले बिभिन्न समयमा पार्टी छोडेर अन्य दलमा गएका नेता एवं कार्यकर्तालाई कॉग्रेसमा फर्कन आग्रह गरेका छन् ।

डा कोईरालाले मुलुक सर्बसत्ताबादतर्फ अगाडी बढेकाले बिगतमा गरिएका आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको बताएका छन्। डा कोईरालाले भने, ‘मुलुक र प्रजातन्त्रका लागी लडेका साथीहरु पार्टीमा फर्कनोस।बिगतमा हामीबाट पनि कमि-कमजोरी भए होला।  मुलुक र प्रजातन्त्र अहिले संकटमा परेको छ। कम्युनिष्टका बिरुद्ध ति साथीहरुको आवस्यकता अपरिहार्य रहेको छ। तपाईहरुको राजनितीक भविष्यको जिम्मा हामी लिन्छौं।’

सरकार दुईतिहाईको दम्भबाट बाहिर ननिस्के उसको हालत पनि राणा र राजाकै जस्तो हुने चेतावनी दिए।

नेपाली कॉग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला’ लाई संबोधन गर्दै डा कोईरालाले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आयोगबाट स्विकृती लिएर गरेका नियुक्ती बदर गरेर सरकार मुठभेडमा उत्रिएको बताए।

कार्यक्रममा काँग्रेस ईलामका सभापती- हिमालय कर्माचार्य, बर्दियाका सभापती- संजय गौतम, रुपन्देहीका सभापती-अब्दुल रज्जाकले आफ्नो मन्तब्य राखेका थिए ।